काठमाडौं ।। रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । संविधान दिवसको अवसरमा बाँके नेपालगन्जका चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरिदिएको छ । रिगललाई माफी दिने सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेका रिटमा बिहीबार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले सरकारको निर्णय बदर गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हत्या आरोपमा जेल परेका रिगलको कैद माफी दिइएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here