काठमाडाैं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा नेता, कार्यकर्तादेखि उच्च पदस्थका व्यक्तिहरु सहभागी बने ।
एमाले अध्यक्ष ओलीको निमन्त्रणामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको हो । चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समावादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वसभामुख दमननाथ ढुङ्गाना, विभिन्न राजनीतिक दलका नेता, नेपालमा रहेकाे कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरुको भिड लागेको थियो । कार्यक्रम सहभागी हुने पुगेका राजनीतिक दलका प्रमुख, मन्त्री, सरकारी तथा विविध क्षेत्रका व्यक्तित्व साथै कूटनीतिक क्षेत्रका व्यक्तिहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले स्वागत गरे । एमालेले दशैँ लगत्तै हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ ।
एमालेकाे चियापान कार्यक्रममा शीर्ष नेताको जमघट (तस्बिरहरु)
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।