काठमाडौं ।। लेबनानी चरमपन्थी संगठन हिजबुल्लाहले इजरायली ड्रोन खसालेको दाबी गरेको छ । इजरायल–हमास द्वन्द्व सुरु भएपछि हिज्बुल्लाहले यस्तो दाबी गरेको यो पहिलो पटक हो । “आक्रमण आइतबार इजरायली सीमाबाट पाँच किलोमिटर टाढा भएको थियो,” हिजबुल्लाहले भनेको छ । ड्रोन इजरायली क्षेत्रमा खसेको देखियो। अमेरिका र बेलायतले हिजबुल्लाहलाई आतंकवादी संगठन भनिरहेका छन् । हिजबुल्लाहले अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि हालसम्म आफ्ना ४६ लडाकू मारिएको र ४३ जना घाइते भएको बताएको छ । हिजबुल्लाहले अहिलेसम्म ४२ स्थानबाट ८४ वटा आक्रमण गरेको बताएको छ । हालसम्म कम्तीमा सात इजरायली सैनिक मारिएको इजरायलले जनाएको छ । श्राेत –डिसी नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।