कोलकत्ता ।। पश्चिम बंगालको कथित रासन वितरण घोटालामा प्रवर्तन निर्देशनालय (इडी)ले ममता बनर्जी सरकार वनमन्त्री तथा पूर्व खाद्यमन्त्री ज्योतिप्रिय मलिकलाई पक्राउ गरेको छ। यसअघि बिहीबार बिहानैदेखि इडीको टोलीले उनको विभिन्न स्थानमा छापा मारेको थियो। करिब २० घण्टासम्म चलेको खोजि अभियानपछि उनलाई पक्राउ गरिएको इडीका एक अधिकारीले जानकारी दिएका छन्। पक्राउ परेपछि मन्त्री मलिकले पत्रकारसँग भने ,’म गहिरो षडयन्त्रको शिकार भएको छु। भाजपाले मलाई शिकार बनाएको हो। यो षडयन्त्रमा भाजपा र विपक्षी नेता शुभेन्दु अधिकारी संलग्न छन्।’ पक्राउलगत्तै उनलाई जोकास्थित इएसआई अस्पताल लगिएको थियो।। यसअघि मुख्यमन्त्री ममता बनर्जीले बिहीबार एक पत्रकार सम्मेलनमा इडीको कार्यको निन्दा गरेकी थिइन्। उनले मलिकलाई केही भयो भने भाजपा र इडीविरुद्ध एफआईआर दर्ता गरिने बताएकी थिइन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here