राैतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ३ मा रहेको प्राथमिक विद्यालय चण्डियामा सेतोपाटी बोर्डको व्यवस्था गरिएको छ ! नव निर्मित विद्यालय भवनको १ कक्षा विद्यार्थीले वालमा पढाउदै गरेको भिडिओ सामाजिक संजालमा सार्वजानिक भएपछि राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले दिएको निर्देशन पछि प्राध्यानध्यापक संगीत श्रीवास्तबले कक्षा कोठामा सेतो बोर्डको व्यवस्था गरिएको हो !

जग्गाको अभाव रहेको विद्यालय नेपाल रेडक्रॉस सोसाइटीको भवनमा सञ्चालन गर्दै आएको र नगरपालिकाको आर्थिक सहयोगमा भदौ महीनामा निर्माण भएको विद्यालय भवनमा विद्यार्थीलाइ तत्काल अध्यन अध्यापन गराउन शुरू गरिएको प्र अ श्रीवास्तबले बताए ! नया बनेको विद्यालय भवनको कार्य अधुरो नै रहेकोले कालो बोर्डको अहिले व्यवस्थापन नगरिएको बताउँदै कक्षा १ मा अध्यन गरिरहेका बाल बालिकाले गरेको आग्रहमा शिक्षकले वालमा अक्षर लेखिदिएको प्रस्ट पारे !

कपिमा एक एक विद्यार्थीलाइ लेख्नु पर्ने भएकोले बाल बालिकाले नै आग्रह गर्दा वालको प्रयोग गरिएको उहाको भनाइ रहेको छ ! नेपाल रेडक्रस सोसाइटीको तीन कोठाको जस्ताको भएको भवनमा विद्यालय सञ्चालन गर्नु पर्ने बाध्यता रहेको अवस्थामा नगर प्रमुख र वड़ा अध्यक्षको विशेष पहलमा नया भवन निर्माण भएको उनले बताए !

विद्यालय भवन निर्माण कै अवस्थामा रहेको हुदा व्यवस्थित हुन नसकेको भन्दै यस बर्षमा थप भवन निर्माणको रकम आएकोले समस्या समाधान हुने विस्वास ब्यक्त गरे ! उहाले भने शिक्षकले जानी जानी त्यस्तो गरेको होइन सानो बालबालिकाले भने पछि सवैले एकै पटक हेरेर पढ़न पाउ भनेर त्यस्तो गरिएको हो , शिक्षक बाट केहि त्रुटि भएको स्वीकार्दै प्र अ श्रीवास्तवले अव देखि त्यस्तो कार्य नहुने प्रतिबद्धता जनाए !

३१० जना विद्यार्थी भएको सो विद्यालयमा शिक्षकको अभाव समेत रहेको छ ! ४ जना शिक्षकको दरवन्दि रहेकोमा अहिले कार्यरत ३ जना शिक्षक रहेको बताए ! २ जना बाल बिकाश शिक्षिका रहेका विद्यालयमा शिशु कक्षा र कक्षा १ र २ का विद्यार्थीहरु भुईमा बसेर अध्यन गर्नु पर्ने अवस्था रहेको छ !

कक्षा १ मा अध्यन गराउने शिक्षिका पूजा कुमारी कर्णले बाल बालिकाले नै ठूलो अक्षरमा लेखिदिन आग्रह गर्दा लेखेर पढाउन लगाएको बताएकी छीन ! भिडिओ कस्ले गरेर सामाजिक संजालमा हालेको भने विषयमा केहि जानकारी नभएको प्रतिक्रया दिए ! बिद्यालयमा कम्पाउण्ड वाल को खाँचो रहेको छ !

बाटो संग जोडिएको भएर विद्यालयमा अध्यन गर्न आउने विद्यार्थीलाइ सड़क दुर्घटना हुने उच्च जोखिम समेत रहेको छ ! विद्यालयमा अध्यन गर्ने बालबालिका,विद्यार्थीले विद्यालय पोषकको प्रयोग गरेको पाइएको छैन ! दलित ,गरीव परिवारका बालबालिका अध्यन गर्ने भएकोले आर्थिक समस्याको कारण अभिभावकले बाल बालिका विद्यालयको पोषक व्यवस्थापन गर्न नसकिएको प्राध्यानध्यापकले बताए !

कक्षा १ मा १०२ जना ,कक्षा २ मा ४७ जना ,कक्षा ३ मा ३६ जना ,कक्षा ४ मा ४५ जना ,कक्षा ५ मा ३२ तथा शिशु कक्षामा ४८ जना बालबालिका रहे पानी नियमित रुपमा एक सय भन्दा बढ़ी उपस्थित हुने गरेको बुझिएको छ ! गत आर्थिक वर्षमा ३० लाखको लागत ४ कोठे भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका छन !

यस आर्थिक बर्षमा संघीय सरकारबाट सम्पुरक योजनाबाट १ करोड़ रकम विनियोजन भएको जानकारी दिएका छन ! विद्यालयको भौतिक पुर्बाधारको समस्या छिटै समाधान हुने उहाको कथन रहेको छ ! सामाजिक संजालमा आएको भिडिओ पछि लगतै नगर प्रमुखले विद्यालयको स्थलगत रुपमा अनुगमन समेत गरेको जनाए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here