काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् । मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको जानकारी बताएका हुन् । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रूपमा रहेको भन्दै उनले अब यो छिट्टै समाधान हुने बताए । उहाँले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने उनले आश्वस्त पारेका छन् । स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो । देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here