काठमाडाैं ।। एयसियाली खेलकुदअन्तर्गत भारत पुरुष क्रिकेटको प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ९ विकटेले सहजै पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । निर्धारित २० ओभरमा बंगलादेशले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९६ रनमात्रै जोड्न सकेको थियो । ९७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले एक विकेट क्षतिमा ६४ बल बाँकी हुँदै खेल सहज रूपमा जितेको हो । भारतका लागि तिलक बर्माले ५५ र रुतराज गायकवाडले नटआउट ४० रन जोडे । अर्का ओपनर यजश्वी जैसवाल ४ बल खेल्दा विना रन आउट हुन पुगे ।
बंगलादेशलाई सस्तै रोक्न भारतका साइ किशोरले ३ र वासिंगटन सुन्दरले २ विकेट लिएका थिए । बंगलादेशका लागि जाकिर अलिले बनाएको नटआउट २४ रन उच्च रह्यो । परवेज हुसेनले २३, रकिबुल हसनले १४ रन बनाए ।
अब भारतले स्वर्ण पदकको लागि पाकिस्तान र अफगानिस्तानको विजेतासँग खेल्नेछ । यो खेल शुक्रबार नै हुँदैछ ।
क्वाटर्फाइनल खेलमा नेपालले भने भारतलाई कडा चुनीती दिएको थियो । २०२ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा १७९ रन बनाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here