काठमाडौं ।। माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका शिवचन्द्र कुशवाह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।
कुशवाहसँगै ६१ जना एमालेमा प्रवेश गरेका छन् । गत १० वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












