रौतहट ।। रौतहट जिल्लाको विभिन्न सीमानाकाहरु भएर अबैध रुपमा भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको मालसामानहरु नेपाल प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई विशेष सुचनाको आधारमा भन्सार छली गरेर चोर नाका भएर भित्रयाइएका अबैध समानहरु लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी लगायतका ३ वटा मोटरसाइकल र एक तिन पाँग्रे अटोलाई नियन्त्रणमा लिएको जनाएका हुन् ।
बरामद गरिएका उक्त मालसामानको मूल्य १२ लाख भन्दा बढिको रहेको जानकारी दिदै रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले बरामद सामान सहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको बताए ।
नजिकिदै गरेको महान चाडको अवसर पारी रौतहट सिमा क्षेत्रमा हुने भन्सार छली चोरी तस्करी नियन्त्रणको लागी जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट संक्रिय रुपमा प्रहरी टोली परिचालन गरीएको डिएसपी केसीले जनाकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here