मुम्बइ ।। बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘चन्द्रमुखी २’ ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । यही सेप्टेम्बर २८ गते बिहीबार रिलिज भएको चलचित्र ‘चन्द्रमुखी २’ ले बक्स अफिसमा राम्रो ओपनिङ गरेको छ । पी वासुको निर्देशनमा बनेको ‘चन्द्रमुखी २’ तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज भएको छ । राघव लरेन्स र कंगना रनौतको मुख्य भूमिका रहेको यो फिल्मले पहिलो दिन ७ करोड ५० लाखको ओपनिङ गरेको छ । ‘चन्द्रमुखी २’ सँगसँगै ‘भ्याक्सिन वार’ र ‘फुक्रे ३’ पनि बिहीबार रिलिज भएका छन् । शाहरुख खानको ‘जवान’ ले बक्स अफिसमा अझै राम्रो कमाई गरिरहेको अवस्थामा कंगनाको फिल्मले राम्रो प्रतिस्पर्धा गरिरहेको छ ।
‘चन्द्रमुखी २’ ब्लकबस्टर तमिल हरर कमेडी फिल्म ‘चन्द्रमुखी’ को सिक्वेल हो, जसमा रजनीकान्त र ज्योतिका मुख्य भूमिकामा थिए। ‘चन्द्रमुखी २’ मा कंगना राजाको दरबारमा नाच्ने नर्तकीको भूमिकामा छिन् । फिल्ममा राघव लरेन्सले राजा भेट्टियान राजाको भूमिका निभाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here