वीरगन्ज ।। पछिल्लो समय देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा वीरगन्जका अस्पताल र क्लिनिकमा शुक्रबार बहिरंग (ओपिडी)सेवा बन्द गरिएको छ। नेपाल चिकित्सक सङ्घ नारायणी शाखाले वीरगञ्जको नारायणी अस्पतालसहित सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ । चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा बढिरहेको घटनाको घोर भर्त्सना गर्दै शुक्रबार ओपीडी सेवा बन्द गरिएको जनाएको हुन्। चिकित्सकमाथि कुटपिट र अस्पतालहरुमा गरिएको तोडफोडका घटनाहरुमा प्रहरी प्रशासन मुकदर्शक बनेको तथा सरकार र चिकित्सक संघबीच पटक पटक भएको वार्ता र सहमतिको बावजुद पनि चिकित्सक र स्वास्थ्यकर्मी लगायत स्वास्थ्य संस्थालाई सुरक्षा गर्न नेपाल सरकारका सुरक्षा निकायहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको संघले जनाएको छ। सरकारले नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा वीरगन्जमा शुक्रबार ओपीडी सेवा बन्द गरिएको संघले जनाएको हो। डा. गुप्ताले सङ्घले उठाएका मागहरू यथाशीघ्र सम्बोधन नभए थप सशक्त सङ्घर्षको कार्यक्रमहरू घोषणा गर्दै जाने चेतावनी पनि दिएका छन् ।
Home प्रदेश समाचार मधेश प्रदेश चिकित्सकआन्दोलित : नारायणी अस्पतालसहित सम्पूर्ण स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द
चिकित्सकआन्दोलित : नारायणी अस्पतालसहित सम्पूर्ण स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।