काठमाडाैं ।। राहत शिक्षकले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सोमबार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म विरोध प्रदर्शनी गर्दै उनीहरूले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । आन्दोलित शिक्षकमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । गत ७ असोजमा नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here