रौतहट ।। ठगी गरेको आरोपमा रौतहटका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय मोहम्मद शेख इरफान सिद्धिकी छन् । उनलाई काठमाडौँको नागार्जुनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । सूर्य बहादुर कार्कीलाई रोजगारीका लागि दुबई पठाउँछु भन्दै मासिक ५० हजार तलबमा सेक्युरिटी गार्डको आश्वासन दिएर १ लाख ५० हजार लिएर सम्पर्क विहीनका थिए । सम्पर्कबिहीन यादवलाई पक्राउ गरी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाएको जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।