काठमाडाैं ।। चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता शुरु हुनुअघि दिनुभएको छोटो स्वागत मन्तव्यमा उहाँले यस्ताे बताउनु भएकाे हाे । चिनियाँ प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको यस भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुगेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याउनुभएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभएको थियो । अहिले बेइजिङमा रहेकाे ग्रेट हल अफ दि पिपुल्स कङ्ग्रेसमा द्विपक्षीय भेटवार्ता भइरहेकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here