सांकेतिक तस्विर

काठमाडाैं ।। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसको विरोध गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम गर्दै लोसपाले संविधान दिवसको विरोध गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले नागरिकता विधेयक पास गरे पनि बिना पैसाको केही पनि काम नहुने बताए ।
उनले भने,‘नागरिकता विधेयक कहिले राष्ट्रपतिबाट रोक्ने, कहिले के गर्ने कार्यहरू भए । बल्ल बल्ल पारित भयो । सबैले त हैन कोही कोहीले नागरिकता पाइरहेका छन् तर दुःखको कुरा के छ भने बिना पैसा पाइरहेका छैनन् । भ्रष्टाचार कयौँ गुणा हरेक क्षेत्रमा प्रस्ट देखिएको छ ।’
देशको हरेक क्षेत्रमा भ्रष्टाचार प्रस्टै रूपमा देखा परेको बताए । महँगी बढेको र यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो नदेखाएको उनको भनाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here