रौतहट ।। संविधान दिवसको अवसरमा रौतहट कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १० जनाको कैद मिनाहा भएको छ । राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी एवं कारागार कार्यालय गौर रौतहटका प्रमुख मनिभूषण साहले जानकारी दिनुभयो । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले स्थानीय प्रशासनको सिफारिसको आधारमा कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ । जिल्ला प्रशासनको सिफारिसमा राम्रो आचरण भएका ०७५ भदौयतालाई ४० प्रतिशत कैद भुक्तान गरिसकेकालाई छुट पाउने प्रावधान अनुसार उनिहरु छुटेको प्रमुख साहले जानकारी दिनुभयो । प्रमुख साहका अनुसार रिहा हुने ८ जनाले ५० प्रतिशत कैद भुक्तान गरेका छन् भने दुई जनाले ४० प्रतिशत कैद भुक्तान गरी छुटेका हुन् ।मिनाहा हुनेमा ८ जना पुरुष र २ जना महिला रहेको कारागारले जनाएको छ । रिहा हुनेमा राैतहट जिल्लाका दिपेश प्रसाद साह , लालमोहर शर्मा, जीतबहादुर भुलन, कविता भन्ने पूर्णकुमारी फुयाँल, ओमप्रकार कुमार महतो भनिने सोनुकुमार महतो, प्रेमशंकर यादव रहेका छन् ।
यसैगरी सर्लाहीका प्रदीप मिश्र, महोत्तरीका सुमित्रा देवी रिहा भएको कारागारले जानकारी गराए ।
गौर कारागारमा अहिले कैदीबन्दीहरुमा पुरुष कैदीहरूको संख्या १८८ जना ,पुरुष थुनुवाको संख्या १७० जना, महिला कैदीहरुको संख्या १४ जना, महिला थुनवाको संख्या ५ जना, आश्रित बालबालिका– २ जना, छुट संख्या २ जना गरी जम्मा ३७९ जना जेल सजाय काटिरहेको छन । कैदीहरुलाई बाँकी सजाय राष्ट्रपतिले मिनाहा गरिदिने परम्परा अनुसार उनीहरु कैदमुक्त भएका कारागारले जानकारी दिए ।
संविधान दिवसमा राैतहट कारागारका १० कैदी रिहा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।