राैतहट ।। गाैर नगरपालिकामा नवौँ संविधान दिवस मनाइएको छ। गाैर नगरपालिकाका कार्यालयको आयोजनामा संविधान दिवस मनाइएको हो ।

२०७२ साल असोज ३ गते जारी भएको संविधानको उपलक्ष्यमा नगरपालिकाका कर्मचारीहरु, वडा अध्यक्ष सहित जनप्रतिनिधिहरूले शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै संविधान दिवस मनाएको हो । नगर प्रमुख शम्भु साहले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको बताए ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको नगर प्रमुख साहले बताए । त्यस्तै वाैधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here