रौतहट । भाद्र २४ ।
सत्तारूढ़ दलको प्रतिपक्षमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रौतहटमा आन्तरिक विबाद चूलिएका छन । विबाद चलिए पछि नेपाली कांग्रेसले देश भरी सञ्चालन गरेको जागरण अभियान रौतहटमा प्रभावित हुने संकेत देखिएका छन ।
पार्टीका जिल्ला सभापति कृष्ण प्रसाद यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद महमद आफताव आलम विचको आन्तरिक विबादले सरकारको विरुद्ध शुरू गरेका देश व्यापी जागरण अभियान रौतहटमा प्रभावकारी हुन नसक्ने सम्भावना बढेर गएका हुन ।
सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनताको चाहना अनुसार कार्य गर्न नसकेको भन्दै कांग्रेसले देशभरी जनतालाइ सरकारको गतिविधि र शैली बारे जानकारी गराउने उदेश्यले मंगलवार देखि जागरण अभियानको शुभारम्भ गरेका छन । जागरण अभियान शुरू हुनु पूर्व रौतहटमा विबाद उत्पन्न भएको छ ।
एक समूहले जिल्ला कार्य समितिको कार्यालयमा बैठक आयोजना गरे भने अर्को समूह बैठक बहिस्कार गर्दै सांसद आलमको गौर स्थित निजी निवासमा पत्रकार सम्मलेनको आयोजना गरेको थियो । आलम पक्षले यादव पक्षले गरेको कार्य पार्टीको विधान विपरीत भएको ठहर गरे भने अर्को समूहले भएको कार्य विधान समेत रहेको दावी गरेका छन । सभापति कृष्णा यादवले उपसभापतिमा सुनील यादवलाइ मनोनीत गरे पछि विबाद चूलिएको हो ।
बहुमतको बलमा मनोनीत गरिएको भन्दै आलम पक्षधरले विबाद गरेका छन उनले विधानमा भएको व्यवस्था अनुसार मनोनीतको कार्य गर्न मांग गर्दै आएका छन । विगत देखि मनमुटाव हुदै आएको दुवै पक्ष विच समन्वय सहकार्य गराउनलाइ केन्द्रीय कार्य समितिले मोहमद आफताव आलमलाइ केन्द्रीय प्रतिनिधि मनोनीत गरेका गरेका छन ।
पेशाले कानून व्यवसायी रहेका आलमले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्रीय प्रयास गरे पनि सफलता मिलन सकेका छैन । दुवै नेतालाई एक ठाउमा बसाएर सहमतिको लागि छलफल गराउदा पनि सहमति हुन नसकेको उहाले बताएका छन । आलमले अधिकांश विषयमा सहमति भएपनि एक दुइ वटा विषयमा पार्टी सभापति यादवले अड़ान लिए पछि सहमति हुन नसकेको बताए ।
३० सदस्य जिल्ला कमिटीमा १७ जना एक तर्फ र १३ जना एक तर्फ रहेका छन ! जिल्ला सचिव , कोषाध्यक्ष सहित १७ जना सदस्य सांसद आलमको समर्थनमा रहेको बुझिएको छ । स्थानीय निर्वाचनमा ८ स्थानीय तह तथा २ वटा प्रतिनिधि सभामा जित हासिल गरेका कांग्रेसको बलियो स्थति रौतहटमा रहेका छन ! पार्टीका आन्तरिक कलहले आगामी निर्वाचनमा ठूलो झटका लाग्ने अनुमान अनुमान गर्न थालिएको छ ।
आन्तरिक किचलोले जिल्ला कार्य समितिको निर्वाचनमा पनि एक पक्षको घटा हुने अवस्थाको समेत विश्लेषण हुन थालेका छन ।
आन्तरिक किचलोले रौतहट काग्रेसको जागरण अभियान प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।