काठमाडाैं ।। त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशंकामा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो । ‘दावासँगको कनेक्सन र अन्य सूचनाका आधारमा दिपेशसँग बयान लिइएको हो,’ प्रहरी उच्च स्रोतले लोकान्तरसँग भन्यो । सीआईबीले ६० केजी सुन तस्करी प्रकरणमा संलग्नताको आशंकामा १०० जनाको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।
दीपेशसँग ४ घण्टा बयान लिइएको प्रहरी उच्च स्रोतले लोकान्तरलाई बतायो । सुन तस्करी प्रकरणमा दिपेशको नाम जोडिएसँगै उनीमाथि अनुसन्धान गर्न माओवादी पंक्तिमा दबाब परेको थियो । पुन माओवादी केन्द्रनिकट विद्यार्थी संकगन अखिल क्रान्तिकारीका नेता हुन् ।
ठमेलमा होटल सञ्चालन गर्दै आएका छिरिङ साउन १४ गते पक्राउ परेका थिए ।
सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।