काठमाडाैं ।। एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको प्रशंसा सबैतिर भइरहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे । यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रनकाे मदतमा भारत विरुद्ध २३० रन बनाएको थियो ।
वर्षाले बारम्बार प्रभावित खेलमा भारतले डीएलएस मेथडमा २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो र विना क्षती १४७ रन बनाएर पूरा गरेर खेल जित्यो पनि । खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरुसँग भेट गरे । जहाँ भारतीय टिमका खेलाडी र प्रशिक्षकले नेपाली टिमलाई मेडल लगाइदिए ।
जितेको टिमले ड्रेसिङ रुममा गएर हारेको टिमलाई मेडल लगाइदिनुको खास कारण छ । भारतकै प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको जिम्मेवारी लिएसँगै उनले ह्याप्पी ड्रेसिङ रुमको माहोल सिर्जना गरेका छन् । त्यसही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका थिए ।
सोही अनुसार भारत विरुद्धको खेलपछि पनि तीन नेपाली खेलाडीलाई मेडल दिइयो त्यो पनि भारतीय प्रशिक्षक र खेलाडीको हातबाट । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो । भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।
नेपालका प्रमुख प्रशिक्षक मोन्टीले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रुपमा चिनाएका थिए ।
भारतीय खेलाडी र प्रशिक्षकले ड्रेसिङ रूममा आएर पहिर्याइदिए नेपाली क्रिकेटरलाई मेडल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।