काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारलाई निश्पक्ष भएर भ्रष्टाचारको फाईल खोल्न आग्रह गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दैै उनले भ्रष्टाचारका फाइलहरु खोल्दा बदलाको भावना लिन नहुने बताएका हुन् ।
सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो निरन्तर समर्थन रहँदै आएको पनि उनले बताए ।
उहाँ (प्रचण्ड) ले भ्रष्टाचारी कोही उम्किँदैनन् भनेर प्रतिवद्धता जनाउनु भएको छ । यसमा बदलाको भावनामा होईन, निश्पक्ष भएर अगाडि बढाउनुस्, हामी सबैको साथ रहन्छ,’– उनले भने ।
समाजवादी मोर्चामाथि हुने गरेका नकरात्मक टिप्पणीलाई सकारात्कम काममार्फत जवाफ दिन आवश्यक हरको उनले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here