रौतहट ।। रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं. ७ सिसवा स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले ४ कोठे भवन उद्धघाटन गर्नु भएको छ ।
विद्यालय भवनको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले अब नगरपालिका भित्रको कुनै पनि वाद्यलयमा शिक्षकको अभाव हुन न दिनेमा जोड दिनु भयो । कुन कुन विद्यालयमा कुन विषयको शिक्षकको आवश्यकता रहेको छ त्यसमा मेरो ध्यानकर्षण भएको समेत बताउनु भयो ।
सोही क्रममा नगर प्रमुख साहले केन्द्र सरकार र प्रदेश सरकारको भरमा नगरपालिका चलाउन सकिदैन नगरपालिका चलाउनको लागी आफ्नो स्रोत साधनको आवश्यकता रहेको समेत बताउनु भयो ।
नगर प्रमुख साहद्धारा राष्ट्रपति शैक्षिक तथा भौतिक सुधार कार्यक्रम अन्र्तगत शिलान्यास गरेको भवन समयावधि भित्र नै सम्मपन भएको छ ।
उद्धघाट कार्यक्रममा गौर नगरपालिकाका योजना प्रमुख जितेन्द्र भारति, वडा अध्यक्ष हरिशंकर पाण्डेय लगायतका जनप्रतिनिधि,शिक्षक शिक्षिका र संचारकर्मी सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।