काठमाडाैं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ विधानअनुरूप आफ्ना विभाग तथा सङ्गठनहरू गठन तथा पुनर्गठन गर्ने भएको छ ।
यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरूप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गरिने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।
पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावलीसहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको जारी विज्ञप्‍तिमा उल्लेख गरिएको छ ।
सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने गरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here