रौतहट ।। रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाले निशुल्क रुपमा आखा पाक्ने रोगको औषधि उपलब्ध गराएको छ !
महामारीको रुपमा संक्रमण फैलिदै गएको भाइरल कनजकीट भाइटिस आखा पाक्ने रोगको नियन्त्रण तथा रोगथाम को लागि नगरपालिकाबाट आम नागरिकको सहयोग पुग्ने उदेश्यले निशुल्क रुपमा औषधि उपलब्ध गराइएको नगर प्रमुख बिनोद प्रसाद पटेलले बताएका छन !
अहिले नेपालको विभिन्न जिल्लाहरुमा आखा पाक्ने समस्या देखिएकोले आखाको राम्रो सित हेरचाह गर्न आग्रह समेत गरेका छन ! मानिसको महत्वपूर्ण अंगको रुपमा आखा रहेकोले आँखामा समस्या आउदा हेलचकराई नगर्न सुझाव उहाको रहेको छ !
नगरपालिकाको वड़ाहरुमा आखामा हाल्ने ड्रॉप व्यवस्थापन गरिएको र उपचारको लागि आउने विरामीहरुलाई निशुल्क रुपमा औषधि प्रदान गर्न निर्देशन दिइएको नगर प्रमुख पटेलले बताए ! स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफु गंभीर भएर अघि बढिरहेको उहाको भनाइ रहेको छ !
आखा रातो हुनु , दुखाउनु ,चिलाउने जस्ता आखा पाक्ने रोगको लक्षण रहेकोले यस्ता किसिमको समस्या देखा पर्ने वित्तिकै नजिकको स्वास्थ्य केन्द्र गएर चिकित्सक संग सलाह गर्न नगरवासीलाइ अपील समेत गरेका छन !
निमित प्रमुख प्रशासकीय अधिकृत रास नारायण पटेलले हाल नेपालमा देखा परेका आखा पाक्ने रोगको संक्रमण नियन्त्रण तथा रोगथामको लागि नगरपालिकाले औषधि व्यवस्थापन गर्नुको साथै सचेतना फैलाउने कार्य गर्नलागेको जानकारी दिएका छन !
नगरपालिकाले सरसफाईमा ध्यानकेंद्रित गरेको बताउँदै शिक्षा ,सामाजिक विकास र भौतिक पूर्वाधार निर्माणको कार्यलाइ पनि निरन्तरता दिएको जनाएका छन ! स्वास्थ्यकर्मीहरुलाई समयमा कार्यालय पुगेर सेवाप्रवाह गर्न कड़ाई गरिएको दावी गरे !
आखा पाक्ने रोग सजिलै संग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेकोले संक्रमित व्यक्ति संगको संपर्कबाट टाढा भएर बस्न , संक्रमित भएपछि चश्माको प्रयोग गर्न र समयमा औषधि प्रयोग गर्न आग्रह गरेका छन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here