काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल  र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति निवास शीतल निवासमा भेट भएको शीतल निवास स्रोतले जनाएको छ ।
भेटमा पौडेल र ओलीबीच समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल केन्द्रित रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षल गायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासमा वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बारे चासो राखेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here