रौतहट ।। करदाता सेवा कार्यलय रौतहट गौरले यस आर्थिक वर्ष २०७९ / ०८० मा ४५ करोड ८७ लाख राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा ४५ करोड ३७ लाख राजस्व संकलन गरेको थियो । गत वर्ष भन्दा यो आर्थिक वर्षमा ५० लाख बढी राजस्व संकलन भएको करदाता सेवा कार्यलय गौरका कार्यलय प्रमुख पप्पु कुमार गुप्तले बताएका छन् ।
यो कार्यलय बाट यस वर्ष ३१६० जनाले ब्यक्तिगत स्थायी लेख न . लिएका छन् भने ९२५ ओटा ब्यपारिक स्थायी लेख न . लिएका छन् । गत वर्ष यो कार्यलय बाट २६९५ जनाले ब्यक्तिगत स्थायी लेख न . लिएका थियो भन्ने १४९५ ब्यपारिक स्थायी लेख न . लिएका थियो । यो आर्थिक वर्ष ब्यपारिक स्थायी लेख न . लिनेको संख्या घट्नु करण सोद्ध बैंकको ब्यपारिक कार्यको लागि लगाईने लीने लोन ( कर्जा ) बन्द गरिएको करण रहेको प्रमुख गुप्तले बताएका छन् ।
यो कार्यलयलाई दिएको लक्ष्यको ८३ % राजस्व संकलन गरिएको छ । हामी लाई दिइएको लक्ष्य मध्ये अन्त राजस्व कम संकलन भएको छ । गत वर्ष १ करोड ३५ लाख संकलन भएको थियो भने यस वर्ष ९९ लाख मात्र संकलन भएको छ । कार्यलयले अनुगमन वर्ष घोसना गरेको अनुरुप यो वर्ष १३७ बाट अनुगमन गरेका छ । पहिले भन्दा अहिले करमा वृद्धी भएपनि अझै सम्पूर्ण व्यवसाय करको दायरामा नआएको प्रमुख गुप्तले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here