काठमाडाैं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसमा सबै एकै डुंगामा रहेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । आज बैठककाे तेस्राे दिन हाे । थापाले संसदीय दलको नेताबाट सभापति शेरबहादुर देउवालाइ हटाउन सम्भव भए हटाउने बताउँदै आएका छन् । ‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले रोक्न सक्दैन । त्यो कुन समय र कुन बेला गर्ने हो गरौं ? त्यसमा पाइन्छ । तर, गर्ने कुरालाई भनेर मात्र अतिरञ्जित नगरौं ,’ उनले भने । दलको नेता वरिवर्तन सम्भव नभए पार्टीबारे नकारात्मक भ्रम फैलिने गरी अतिरञ्जित कुरा नगर्न उनको आग्रह छ । ‘कांग्रेस एउटै हो । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ । सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं,’ पाण्डेले भने, ‘यसलाई पार लाउन हामीलाई चुनौती छ । हामीले सामूहिक रुपमा नै पार लगाउने हो ।’ यस्तै उनले महामन्त्रीको कार्यतालिका कार्यान्वयन कसले गर्ने हो भन्दै प्रश्न उठाएका छन् । ‘महामन्त्रीको कार्यतालिका राम्रो छ । तर यसको कार्यान्वयन सक्ले गर्छ ?,’ उनको प्रश्न छ, ‘त्यसको टुंगो त्यो कार्यसमितिले गर्नुपर्छ । यो कार्यक्रम लागू गर्ने सभापति हो वा, पदाधिकारी हो वा, कार्यालय हो वा हामी प्रति केन्द्रीय सदस्यको छुट्टाछुट्टै जिम्मेवारी हो ? त्यो पनि प्रस्टताका साथ तोकिनुपर्छ ।’
प्रस्तुत गरेका कार्यक्रम लागू गर्नुपर्ने भन्दै लागू नभएको दोष अरुलाई पन्छ्याउने प्रवृति अन्त्य हुनेपर्ने पाण्डले बताए ।
देउबा डुबे सबै डुब्छौँ-सुरेन्द्र पाण्डे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।