काठमाडाैं ।। जनमत पार्टीमा पार्टीकाे अनुशासन उल्लंघन गरेको आरोपमा केही नेताहरू कारबाहीमा परेका छन् । पार्टी अनुशासन समितिका प्रमुखको रोहबरमा बसेको बैठकले केही नेतालाई साधारण सदस्यबाटै हटाएको छ भने केहीलाई निलम्बन गरेको छ ।
कारबाहीमा पर्नेहरुमा बारा २ मा गएको प्रतिनिधिसभा उपचुनावमा उम्मेदवार रहेका शिवचन्द्र कुशवाह, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् । कुशवाहालाई साधारण सदस्यसमेत नरहेने गरी कारबाही गरिएको छ ।
मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको हो ।
जसपाले यसअघि समानुपातिक सांसदलाई कारबाही गरी नयाँ सांसद सिफारिस गरेको थियो । कुशवाहा गत उपचुनावअघि माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । मंसिरको चुनावमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मतले पराजित उनी वैशाखमा भएको उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग ५ हजारभन्दा बढी मतले हारेका थिए । चुनावमा हार बेहोरेपछि जनमत पार्टीकै नेतृत्वका कारण आफू पराजित भएको भन्दै हिँडेका कारण उनलाई कारबाही गरिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here