राैतहट ।। गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रदर्शन भएको छ । आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा निस्किएको जुलुशमा हज़ारौंका संख्यामा रहेका प्रदर्शनकारीहरूले हत्याकाण्डका नाइके उपेन्द्र यादवको गिरफ्तारीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएका छन् ।

गौर हत्याकांड पीड़ित संघर्ष समितिद्वारा बुझाइएको ज्ञापन पत्रमा संघर्षका विभिन्न कार्यक्रम सहित श्रावण १५ गते देखि अनिश्चितकाल रौतहट बन्द गर्ने घोषणा गरेका छन् ।
२०६३ चैत्र ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना निर्दोष माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए । उक्त हत्याकाण्डका पीड़ितहरूले जाहेरी दर्ता गराएको ढेड दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्दालाई ओझलमा पारेको भन्दै पीड़ितहरू थप आक्रोशित बनेका हुन् ।