काठमाडौं ।। प्रहरीले (लर्ड अफ ड्रिंक्स) एलओडी क्लवका म्यानेजर सहदेव सेढाईंसहित अर्की एक महिला कर्मचारीलाई पक्राउ गरेको छ। बालिकालाई क्लबमा प्रवेश दिएको विषयमा अनुसन्धानको लागि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले क्लवमा म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने महिला कर्मचारी सपना ढुंगानालाई पक्राउ गरेको हो। केही दिनअघि एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
उमेर नपुगेका बालबालिकालाई क्लवमा प्रवेश दिएको पाइएको भन्दै यसअघि प्रहरीले क्लवका संचालकहरू रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो। तर घटना भएका बेला उनीहरू क्लबमा उपस्थित नभएको भन्दै बोलाएका बेला उपस्थित हुनेगरी उनीहरूलाई छाडिएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।