काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक अभियुक्त पक्राउ परेका छन्। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भएका ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो। उनलाई बुधवार काठमाडौंको सानोभर्याङबाट नियन्त्रणमा लिएको हो।
असार १ गते नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ‘हाइप्रोफाइल’ व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।





