काठमाडाैं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ऊर्जा क्षेत्रमा समय सापेक्ष नीति नहुँदा खोलासँगै स्रोत पनि बगेर गएको बताएका छन्।
रास्वपाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)सँग गरेको ‘नेपालको ऊर्जा क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै सभापति लामिछानेले, नीति निर्माण तहकाले समृद्धिको यात्रामा साथ दिने विभिन्न संघ संस्था र व्यक्तिसँग निरन्तर छलफल गर्ने उद्देश्य अनुसार ऊर्जा क्षेत्रसँग अन्तरक्रिया गरिएको बताए।
सिद्धान्तको लडाइँलाई थाती राखेर आवश्यक्ताको लडाइँ लड्ने भन्दै आफूले चल्तीको राजनीति भन्दा फरक गर्न चाहेको पनि उनले बताए।
‘ऊर्जा क्षेत्रमा हामी समय सापेक्षहुन नसकेकाले हाम्रो स्रोतलाई खोलामा बगाइरहेका छौँ। अब स्रोत खेर फाल्ने छुट हामीलाई छैन,’ लामिछानेले भने, ‘अब पनि स्रोतको सदुपयोग गरिएन भने वैकल्पिक ऊर्जाले जलविद्युतलाई फेज आउट गर्ने छ।’
ऊर्जा उद्यमीहरू राजनीतिक दलसामु पुग्नुपर्ने बाध्यताको सिकार भइरहेको भन्दै उनले कुनै पनि उद्यमी व्यवसायीहरू दलका नेतासामु पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अफूहरुले सबै कुरा नीति नियममा स्पष्ट पार्न चाहेको बताए।
एकद्वार नीति नभएका कारण अहिले ऊर्जा उद्यमीहरु धेरै सरकारी निकायमा धाउनु परिरहेको भन्दै आफू एकद्वार नीतिको पक्षमा रहेको पनि उनले बताए ।
सापेक्ष नीति नहुँदा ऊर्जा क्षेत्रको विकास हुन सकेन : सभापति लामिछाने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












