काठमाडाैं ।। अभिनेत्री तथा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की नेत्री एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छिन् । जनताको सेवामा लाग्ने भन्दै पाँच महिनाअघि राजनीतिमा आबद्ध भएकी नायिका गौतमले आज (बिहीबार) फेसबुकमार्फत् स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विदा भएको घोषणा गरेकी हुन् ।
राजनीतिबाट विदा भएतापति उनी आगामी दिनमा समाजसेवामा लाग्ने प्रष्ट्याएकी छिन् । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि फेसबुकमा उल्लेख गरेकी छिन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएइन् ।
एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । सो पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर एकाएक चर्चामा आएकी एलिजाको यो निर्णयले पुनः उनलाई एक पटक चर्चामा आएकी छिन् ।
एलिजा गौतमले लिइन् सक्रिय राजनीतिबाट विश्राम
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।