नेपालगञ्ज ।। बाँकेको नेपालगञ्ज कारागारमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । डाँका चोरी मुद्दामा कारागार पुगेका बाँके जानकी गाउँपालिका वडा नं. ६ का २३ वर्षीय निरजकुमार बानियाले कारागारको बाथरुममा तन्नाको पासो बनाएर आत्महत्या गरेका हुन्।
२०७९ चैत्र २२ गते अदालतले डाँका चोरी मुद्दामा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएका बानियालाई प्रहरीले असार ५ गते पक्राउ गरेको थियो।
बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार, निरज आज बिहान ५ बजे बाथरुममा तन्नाको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।
शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here