काठमाडाैं ।। सरकारको लागि सोमबार राष्ट्र बैंकले २९ अर्ब ६६ करोड रूपैयाँ आन्तरिक ऋण उठाउँदै छ । यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने पाँच अर्ब नयाँ ऋणपत्र उठाइने छ । आठ अर्ब रूपैयाँको २८ दिने, सात अर्ब ७५ करोडको ९१ दिने र आठ अर्ब ९१ करोड ६५ लाख ५० हजारको तीन सय ६४ दिने ऋणपत्र उठाइन लागिएको हो ।
नयाँ उठाइन लागेको पाँच अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ । यसअघि असार ११ मा २४ अर्ब रूपैयाँको ऋणपत्र बोलकबोल गरिएको थियो ।
जसमा औसत ब्याजदर ५.६१ देखि ७.१९ प्रतिशतसम्म कायम भएको छ । केही महिना अघिसम्म यस्ता ऋणपत्रको ब्याजदर दोहोरो अंक नाघेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here