काठमाडौं ।। ललिता निवास प्रकरणमा थप दुई जना आरोपितहरुलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ गरेकाे छ।
सरकारी लिखत कीर्ते गरेको कसुरमा उनीहरुलाई पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले जानकारी दिए। पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत हुन्।
उनको संलग्नतामा पशुपति टिकिन्छा गुठीमार्फत् नक्कली मोही खडा गरिएका थियो। त्यस्तै मर्हजन पशुपति गुठीका नक्कली मोही हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो। आइतबार पनि सीआईबीले काठमाडौ महानगरपालिका अधिकृतसहित २ जनालाई पक्राउ गरेको थियो। यसअघि पक्राउ परेका ४ जना हिरासतमा रहेका छन्। पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित जिल्ला अदालतको अनुमतिले थुनामा रहेका छन्।
सोमबार पक्राउ परेकासँगै हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ। प्रहरीले ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यसरी पक्राउ पुर्जी जारी हुनेमा भिआईपी व्यक्तिहरु पनि छन्। उनीहरुको भने प्रहरीले खोजी गरिरहेको छ।
यसअघि पक्राउ परेका तीन जना २०७९ मा जारी भएको अदालतको आदेश देखाउँदै छुटेका थिए ।
ललिता निवास प्रकरणमा थप दुई जना आरोपित पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।