विराटनगर ।। जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
बिहीबार बसेको जसपा कोशी प्रदेशको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले विश्वासको मतको पक्ष र विपक्षमा मत नहालेर तटस्थ बस्ने बताए ।
उनले भने, ‘कोशी प्रदेशको नामकरणलाई लिएर हामी आन्दोलनमा छौँ । त्यसैले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्नौँ । र, तटस्थमा बस्छौँ ।’
यसअघि सरकारमा सहभागी भएको जसपाले १७ जेठमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशसभा जसपाको एक सिट छ । कोशी प्रदेशसभामा जसपाकी निर्मला लिम्बू सांसद छिन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।