रौतहट ।। समुननत भौतिक ,आर्थिक र सामाजिक पुर्बाधार सहित सांस्कृतिक रुपमा मौलिक र उत्कृस्ट नगरपालिका बनाउने सोच सहित राजदेवी नगरपालिकाको १० औ नगर सभा बुधवार संपन्न भएको छ ! आषाढ़ १० गते भित्रमा नगर सभाको अधिबेशन सक्नु पर्ने रहेको क़ानूनी प्रावधान अनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा निति कार्यक्रम प्रस्तुत गर्दै नगर सभा संपन्न गरेको हो !

२ दुइ गाउपालिका र १६ नगरपालिका सहित १८ स्थानीय तह रहेको रौतहट जिल्लामा राजदेवी नगरपालिकाले पहिलो स्थान हासिल गरेका छन ! नगर सभाको बैठकमा प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवले राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव विकास प्रति रूचि राख्ने खालका रहेकाले सवै जनप्रतिनिधिहरुले हाथोमालो गर्दै विकास निर्माणको कार्य अगाडी बढाउन आग्रह गरेका छन ! उहाले जनताको चाहना अनुसार विकास निर्माणको कार्य गर्दा स्थानीय बासी हर्षित हुने बताए !

जनमुखी स्थानीय सर्कार ,विकास र समृद्धिको आधार भने मूल नारा सहित आयोजना गरिएको नगर अधिबेशनमा नगर प्रमुख भिखारी प्रसाद यादवले आर्थिक बर्ष २०८०/०८१ को लागि निति तथा कार्यक्रम कार्यान्वयन गर्न ४६ करोड़ ४० लाख १५ हजार रुपैयाको बजेट प्रस्तुत गरेका छन ! प्रस्तुत गरिएको बजेटमा नगरपालिकाको चालू तर्फ ११ करोड़ ४१ लाख ५० हजार तथा पूंजीगत खर्च तर्फ ९ करोड़ ३८ लाख ६५ हजार रुपैया खर्चको लागि विनियोजन गरिएको छ ! निति तथा कार्यक्रममा आर्थिक विकास तर्फ आफ्नो गाउ आफै बनाऊ नारालाइ बलियो बनाउदै विकास कार्य , सिचाई , कृषि कहती ,सहकारी प्रबर्दन ,नदी नाला ,पोखरि ,संरक्षण , युवा हरुलाई स्वरोजगारको लागि सीपमूलक तालीम , पर्यटन तथा सस्कृति विकास , पुरातात्विक बस्तु को खोज तथा व्यवस्थापनमाँ जोड़ दिइएको छ ! सामाजिक विकास तर्फ गुणस्तरीय ,स्वच्छ प्रतिस्पर्धात्मक अध्यन अध्यापन प्रणालीलाइ प्रबर्धन गर्दै विद्यालयको सस्थागत सुधार गर्न जोड़ दिएको छ ! विद्यालयमा विज्ञानं ,गणित ,कंप्यूटर प्रयोगशाला निर्माण ,प्राविधिक शिक्षाको विकास ,मातृभाषा तथा अंग्रेजी भाषामा अध्यन अध्यापनमा जोड़ दिइएको छ ! पुर्बाधार विकास तर्फमा आधुनिक तथा बैज्ञानिक सिचाई प्राविधिमाँ जोड़ दिइएको छ ! नगरपालिका भित्र प्रतीक्षालय , सार्वजानिक शौचालय ,प्रत्येक वड़ा लाइ जोड़ने रिंग रोड निर्माणमाँ पहल गर्ने निति लिइएको छ ! सड़क ,पुल ,कलभर्ट , कृषि भूमिमा सिचाई उपलब्ध गराउने निति लिइएको छ !

बातावरण तथा विपद व्यवस्थापन तर्फ धुवा मुक्त नगरपालिका बनाउने , महामारी रोकथामको लागि खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोवल उच्च राखन उचित प्रोत्साहन गरिने व्यवस्था गरिने उल्लेख गरिएको छ ! सस्थागत विकास तथा सेवा प्रबाह तर्फ सेवा प्रबाहलाइ प्रभावकारी बनाउन सस्थागत क्षमता विकास गरिने , नगरपालिकाको सम्पूर्ण सुचनाहरुमा जनताको पहुंच पुर्याउने , कर्मचारी तथा पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्ने , ऑनलाइन मार्फत सेवा प्रबाहको व्यवस्था मिलाउने निति लिइएको छ !

नगर सभा अधिबेशनमा नगर उप्रमुख राजकुमारी देवी , प्रमुख प्रशाकिय अधिकृत प्रलाव कायस्थ , सम्पूर्ण वड़ाका वड़ा अध्यक्ष , वड़ा सदस्य , कार्यपालिका सदस्य , कर्मचारी , संचारकर्मी ,सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here