काठमाडाैं ।। सांसद अमरेशकुमार सिंहले नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने र अन्यको मुद्दा भने बर्षौ लाग्ने राजनीतिक प्रभाव अदालतमा पनि देखिएको बताएका हुन् ।
‘नागरिकता नपाएकाहरु केही दिनदेखि धर्नामा बसिरहेका छन्। साथसाथै संविधान सभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसन बसेका छन् । उहाँ बीर हस्पिटलमा हुनुहुन्छ । एकातिर २०७२ मा कानून जारी भयो नागरिकता कानून तुरुन्तै बनाउनुपर्छ भनेर तर कार्यन्वयन भएन । ‘उनले भने,’ हाम्रो राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेको छ । नागरिकप्रति न्यायोचित व्यवहार हुनुपर्ने त्यो पनि सरकारले गर्न सकेको छैन् । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस। रवि लामिछानेको मुद्धा एकै दिन फैसला हुने अरु मुद्धामा चाहीँ वर्षौ लाग्ने अदालतले पनि राजनीतिक प्रभावमा परेको देखिन्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here