काठमाडौँ ।। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाली राजनीतिलाई सफा नगरी देशमा परिवर्तन गर्न नसकिने बताएका छन् । आइतबार काठमाडौँमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली राजनीतिक व्यवस्था परिवर्तनका लागि निरन्तर छ दशक संघर्ष गरेर आएपनि देशमा चाहेजति परिवर्तन आउन नसक्नुमा राजनीतिक नेतृत्वको कमजोरी भएकाले नेतृत्वबाटै परिवर्तन आवश्यकता रहेको औँल्याए ।
उनले भने,‘त्यो व्यवस्थामा राजनीतिक अन्तरनिहित कमजोरी होइन,राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्व गरेर त्यसलाई कार्यान्वयन गर्ने लिडरसिपको समस्या हो। त्यो सबभन्दा धेरै समस्या हामी राजनीतिक नेतृत्वर राजनीतिमा छ। त्यसैले मैले आज भनिरहेको छु, राजनीतिलाई सफा नगरि यो देशमा परिवर्तन गर्न सकिन्न ।’
राजनीतिलाई सफा गर्नको लागि पहिला नेतृत्वले जिम्मा लिनुपर्ने बताए। उनले युवालाई राजनीतिबाट भागेर नभइ राजनीतिलाई सहि नेतृत्वको लागि परिवर्तन गराउन भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
नेपाली जनीतिलाई सफा नगरि यो देशमा परिवर्तन गर्न सकिदैन-गृहमन्त्री श्रेष्ठ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।