काठमाडौं ।। काठमाडौंमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। पक्राउ परेका को हुन् प्रहरीले खुलाएको छैन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












