रौतहट ।। नेपाल नेत्र ज्योति संघले रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा खरीद गरेको दुइ तल्ले पक्की घर सहितको जग्गामा खरीद समितिले त्रुटि पूर्ण निर्णय गरेको देखिएको छ ।
चन्द्रनिगाहपुरमा रहको आखा अस्पतालको लागि खरीद गरिएको १ करोड़ ९ लाखको दुइ धुर जग्गामा नेपाल नेत्र ज्योति संघ गौर आखा अस्पातल खरीद समिति आफैले राखेको शर्त विपरीत जग्गा खरीद गर्ने निर्णय गरेको हो ।
खरीद समितिका संयोजक अधिवक्ता संजीव कुमार मल्लिकले जग्गा धनि प्रमाण पुर्जामा क्षेत्रफल २ धुर भएपनि नक्सामा सो जग्गा साढ़े ३ धुर रहेको दावी गरेका छन । उहाले जग्गा खरीदमा रकमको अनियमितता नभएको समेत ठोकूवा गरेका हुन ।
गौरमा न्यून संख्यामा आउने राष्ट्रिय दैनिक पत्रिका मध्यान्न दैनिकमा २०७९ फाल्गुन ४ मा खरीद समितिले प्रकाशन गरेको घर जग्गा खरीद सम्बन्धी शीलबन्दी प्रस्ताव आह्वानको सुचनामा पहिला नै त्यही घर जग्गा खरीद गर्ने लक्ष्य राखेर सुचना प्रकाशित गरिएको देखिएको छ ।
आखा अस्पताल रहेको ठाउ देखि २ सय मीटर उत्तर तरफ खरीद गरिएको जग्गा रहेको छ । सुचना जारी गर्दा चन्द्रपुर नगरपालिका वड़ा नंबर ४ र ६ देउराली चौकमा सञ्चालन रहेको आखा तथा कान उपचार केन्द्र देखि उत्तर करीव २०० मीटरमा बीरेंद्र राजमार्गबाट पच्छिम सहायक मार्ग बाट देउराली चौक देखि मिलन चौक जोड़ने बाटोमा पूर्व र पच्छिम दुवै तीर रहेको हुनु पर्ने क्षेत्र तोकिएको छ ।
खरीद समितिले सुचनामा उल्लेख गरेको कागजातको बूंदा नंबर ४ मा घरको नक्सा नगरपालिकाबाट पास भएको र निर्माण संपन्न भएको प्रमाणको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्ने उल्लेख गरे तापनि बिना नक्सा पास र कार्य संपन्न भएको प्रमाण पत्रको जग्गा खरीद गर्ने गरेको निर्णयले जग्गा खरीदमा आर्थिक रुपमा चलखेल भएको पुस्टि भैरहेको छ । सुचनामा ३ धुरदेखि १० धुर जग्गा खरिद गर्नु पर्ने उल्लेख गरिएको छ ।
शिवमंगल साह , डाक्टर प्रजवल बस्नेत र अस्पताल प्रमुख नागेश्वर चौधरी सदस्य रहेका खरीद समितिका संयोजक मल्लिकले खरीद गरिएको घर जग्गाको नगरपालिका बाट नक्सा पास नभएको स्वीकार समेत गरेका छन । नक्सामा सो जग्गाको पच्छिम तरफ बाटो काटिएको देखिएको छैन ।
२०७९ असोज १२ गते ९ लाख ३२ हजारमा खरीद गरिएको सो जग्गा २०७९ चैत्र २६ मा नेत्र ज्योति संघले १ करोड़ ९ लाखमा खरीद गरेको पारित राजीनामा लिखतबाट देखिन्छ ।
कल्पना अधिकारी संग ९ लाख ३२ हजारमा आखा अस्पताल चन्द्रनिगाहपुरका प्रमुख डाक्टर रेयाजले अस्पतालमा कार्यरत रहेकि कर्मचारी यशोदा परियारको सासु धन मायाको नाउमा खरीद गरेर सोही जग्गा १ करोड़ बढ़ी मूल्यमा शर्त विपरीत नक्सा नै पास नभएको घर जग्गा नेत्र ज्योति संघको नाउमा विक्री गरेको हुदा संघको रकम भ्रस्टाचार भएको हुन सकिने आशंका उत्पन्न भएको छ ।
नेत्र ज्योति संघ रौतहटका अध्यक्ष बिजय सिंहले जग्गा धनि दर्ता प्रमाण पत्रमा २ धुर भए पनि नक्सामा साढ़े ३ धुर र भोग कब्जÞामा १० धुर जग्गा घर समेत भएको बताएका छन ।
चन्द्रनिगाहपुरमा बाटो संग जोडिएको जग्गाको मूल्य बढ़ी रहेकोले घर सहित खरीद गरिएको जग्गामा रकम दुरूपयोग भएको कुरो अफवाह रहेको दावी गरेका छन ।
संघले खरिद गरेको २ धुर जग्गामा नेपाल सरकारको ७ धुर जग्गा मिसाएर घर बनाइएको हुदा स्थानिय तहले सो जग्गा अतिक्रमण मुक्त गराउन कार्यावाही गर्नु पर्ने स्थानियहरुको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here