काठमाडाैं ।। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता भइरहेको हो ।
प्रधानमन्त्रीस्तरीय छलफलपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन पनि गर्दैछन् ।
प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिउँसो हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्नु भएको छ । आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो भारतको नयाँ दिल्ली पुग्नुभएको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणले विगतका केही वर्षमा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावलाई सहजीकरण गर्ने उहाँको सचिवालयले जनाएको छ । यस्तै भ्रमणको क्रममा ऊर्जा व्यापार, पारवहन सन्धिको संशोधनसहितका विषयमा निर्णय हुन सक्ने नेपाली अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्किनु हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here