रौतहट ।। मध्य तराईका जिल्ला रौतहट, पर्सा, बारा, सर्लाहीलगायत जिल्लामा एक साता यता गार्मी अत्याधिक बढेको छ। दिउँसोको समयमा यसक्षेत्रमा तापक्रम बढेर ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। जसका कारण जनजीवन निकै प्रभावित भएको छ।
मध्य तराईमा बढेको गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न समस्या भइरहेको छ। गर्मीकै कारण विद्यार्थीहरु कक्षाकोठामा बेहोस हुन थालेका छन्। गर्मी बढेसँगै विद्यालयमा विदा दिनुपर्ने अभिभावकले आवाज उठाइ रहेका छन्
गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ । तापक्रममा भइरहेको अस्वभाविक परिवर्तनले रौतहटका किसानहरु चिन्नित बनेका छन् । पानी नपरेको कारणले गर्दा बिउ छरकिन समस्या भइरहेको गौरका स्थानिय किसान रामस्र्वाथ यादवले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here