काठमाडाैं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले वार्षिक नीति कार्यक्रमले देशकै भविष्य बिग्रने दाबी गरेका छन् । उनले नीति तथा कार्यक्रम पुर्नलेखन गर्न प्रधानमन्त्रीलाइ सुझाव दिए ।
यसअघि आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नीति तथा कार्यक्रम पुर्नलेखन गर्न माग गरेका थिए ।
सोमवार प्रतिनिधि सभा बैठकको छलफलमा लिङदेनले संसदमा पेश गरिएको कार्यक्रमले सरकार कहाँ जाँदैछ भन्ने कुराको मार्गचित्र गर्न नसकेको बताएका हुन् । ‘परम्परागत कार्यशैलीले अहिलेको आर्थिक संकटलाई समाधान गर्न सक्दैन । यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा ठीकठाक अवस्थामा ल्याउने जस्तो छ’ उनले भने ।
अध्यक्ष लिङदेनले कार्यक्रममा देशका समस्या पहिचान नभएको र प्राथमिकता छुट्याउन कोसिस नभएको दाबी गरे । ‘देश सरकारमा बस्नेको मात्र होइन, बिग्रिँदा हाम्रो र पुस्ताको देश बिग्रन्छ भन्ने चिन्ता हो । नमिलेको विषय मिलाएर ल्याउनु पर्छ, पुर्नलेखन गर्नुपर्छ ।’
सरकारका नीति कार्यक्रममा नयाँ कुरा देखाइदिन आग्रह गर्दै लिङदेनले भने, ‘जनयुद्ध लेखियो भनेर उत्साही हुनुहुनछ होला, जनयुद्ध लेख्नुस् । शेरबहादुरजीलाई पनि बोकाइदियौँ भन्नु होला । केही फरक पर्दैन । तर, कुन त्यस्तो केही नयाँ चिज आयो जनतालाई प्रभाव पार्ने ?’ लिङदेनले प्रस्न गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here