काठमाडौं ।। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बारा र पर्सामा रहेका उद्योगका कारण सिर्सिया नदी प्रदुषण भएकाले नदीलाई प्रदुषणमुक्त बनाउन संघीय सरकारले भूमिका खेल्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यादवले वीरगञ्ज महानगरपालिकाको एलक प्रयासले सिर्सिया नदीको प्रदुषण रोक्न नसकिने बताए । ‘सिर्सिया नदीको प्रदुषण रोक्न लागि संघीय सरकारको भूमिका चाहिएको छ ।
महानगरले पटक-पटक जरिवाना गर्दा पनि उद्योगहरूले अटेरी गरेका छन्,’ उनले भने,‘संघ सरकारका उद्योग मन्त्री पर्सा निवासी हुनुहुन्छ । सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई कारबाही हुन्छ कि हुँदैन जानकारी चाहिन्छ ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












