काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले मन्त्रीका रूपमा आफूले यस्तो अनुभूति गरेको बताए ।
मन्त्री अरूले नै चलाउने भएकाले आफू ‘सोकेसको मान्छे’जस्तो भएर बस्नुपरेको गुनासो समेत उनले गरे । उनले पर्यटन क्षेत्रका धेरै ऐन बदल्नुपर्ने आवश्यक रहेको उल्लेख गरे । त्यसमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे । मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्बाट पारित गराएर संसद्मा पेस गरिने बताए । त्यसलाई छिटो पारित गरिदिन उनले सांसदहरूको ध्यानाकर्षण गराए ।
“यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ, मन्त्री त ! हामी त सोकेसको मान्छे मात्रै रहेछौँ, मलाई लागेको कुरा यो हो,” उनले भने, “हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नु छ । संसद्मा हाम्रो सक्रिय भूमिका भइदिनुपर्‍यो । चासो गरिदिनुपर्‍यो । तपाईंहरूले बोलिदिनुपर्‍यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।”
मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थल आवश्यक नभएको तर्क पनि गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here