काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।
आइतबार साँझ पक्राउ परेका रायमाझीलाई सोमवार जिल्ला अदालत लगिएको थियो । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि उनी काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ परेका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












