रौतहट ।। रौतहटको कटहरिया नगरपालिकामा विद्यालय भवनको शिलान्यास गरिएको छ । सोमबार कटहरिया नगरपालिकाको वडा नं. २ हथियाहीमा रहेको श्री अधारभुत विद्यालयमा दुई कोठे भवन निर्माणको लागी शिलान्यास गरिएको हो ।
कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयमा २ कोठे भवन निर्माण हुन लागेको सो बिधालयका प्रधानाध्यापक चुनचुन प्रसाद यादवले जानकारी गराउनु भयो ।
भवन निर्माणको लागि १८ लाख बजेट रहेको नगर प्रमुख जयसवालले बताए । शिलान्यास पछि छिट्टै भवन निर्माणको काम अगाडी बढाइने प्रधानाध्यापक यादवले बताए । मेयर जयसवालले निर्वाचित भए देखिनै आफनो नगर भरि रहेको विद्यालयहरु पठन पाठनको ब्यवस्थापन गर्दै आईरहेको छ ।
सो शिलान्यास कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष मनोज यादव, वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ८ का वडा अध्यक्ष समिश बिक्रम साह, लगायत स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख जयसवालले गरे २ कोठे भवनको शिलान्यास
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		