रौतहट !!
गौर चन्द्रनिगाहपुर सड़क खण्ड अन्तर्गत यमुनामाई गाउ पालिका वड़ा नम्बर ५ झुनखुनवा चौक देखि दक्षिण बमनहर नजिक मोटरसाइकल दुर्घटना हुदा २ जना घाइते भएका छन ।
गौर देखि चपुर तरफ तीब्र गतिमा जादै गरेको प्रदेश २–०३–०१२ प ५५५७ नम्बरको अपाची मोटरसाइकल अनियंत्रित भई दुर्घटना हुदा चालक र सवार भएका व्यक्ति समेत घाइते भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा चालक माधव नारायण नगरपालिका वड़ा नम्बर ६ निवासी २२ बर्षीय अभय ठाकुर र २५ बर्षीय जग्गा ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकल चालक अभय ठाकुरको अवस्था सामान्य रहेको छ भने गंभीर अवस्था रहेका जग्गा ठाकुरलाइ थप उपचारको लागि बीरगंज पठाइएको प्रहरीले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।